फासीवादीहरु भारतमा गम्भीर ध्रुविकरणको प्रयासमाः राहुल गान्धी

फाइल तस्बिर।

भारतीय कांग्रेस नेता राहुल गान्धीले नरेन्द्र मोदी सरकारको घोर आलोचना गरेका छन् । नागरिकता संशोधन कानून र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विषयलाई लिएर मोदी सरकारको आलोचनामा राहुल गान्धी उत्रिएका हुन् ।

उनले ट्वीट गरेर नागरिकता संशोधन कानून र एनआरसी फासीवादीहरुले ध्रुविकरणको हतियारका रुपमा ल्याएको उल्लेख गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले ट्वीटमा लेखेका छन्, ‘नागरिकता संशोधन कानून र एनआरसी भारतमा ठूलो स्तरमा ध्रुविकरण सिर्जना गर्नका लागि फासीवादीहरुका तर्फबाट हतियारका रुपमा प्रयोग गरिएको छ । यो निकृष्ट हतियार विरुद्धको सबैभन्दा उत्तम विकल्प नै शान्तिपूर्ण र अहिंसात्मक सत्याग्रह नै हो । जसले सिएबी र एनआरसीको शान्तिपूर्ण रुपमा विरोध गरिरहेका छन् उनीहरु सबैप्रति मेरो समर्थन छ ।’

भारत सरकारले ल्याएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानूनको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्