शिवमायाले प्रयोग गरिन् सभामुखको अधिकार, विद्या भट्टराईको शपथ भोलि

काठमाडौँ – हालै सम्पन्न उपचुनावमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईको भोलि (मंगलबार) शपथ ग्रहण हुने भएको छ। उपसभामुख शिवमाया तुम्वाहाम्फेले संसदको कृषि समितिको हलमा मंगलबार दिउँसो १ बजे भट्टराईलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो।

सामान्यतया सांसदलाई सभामुखले शपथ खुवाउने चलन भए पनि हाल सभामुख नभएका बेला उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो।

सभामुखको काम उपसभामुखले गर्न हुने कि नहुने भन्नेमा विवाद चलिरहेका बेला संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख भएकोले सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाम्फेमार्फत शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्