कांग्रेस विवाद

पौडेल गुटको छुट्टै भेला, केन्द्रीय समिति बैठक आज पनि बहिस्कार

काठमाडौँ- वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज (सोमबार) पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ। दिउँसो एक बजेका लागि डाकिएको बैठकमा पौडेल गुटका नेताहरु सहभागी भएनन्।

पौडेल समूहका नेताहरुको अहिले छुट्टै बैठक बसिरहेको छ। यसअघि विवाद मिलाउन संस्थापन र पौडेल समूहका नेताहरुबीच सोमबार बिहान पनि छलफल भएको थियो। नेताहरुले छलफल सकारात्मक भने पनि केन्द्रीय समिति बैठक पौडेल समूहले बहिस्कार गरेको हो।

पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकालाई केन्द्रीय समिति बैठकको पहिलो एजेण्डा बनाउन माग गरिरहेका छन्। तर संस्थापन समूह अहिले नै महाधिवेशनको कार्यतालिका बनाउन सहमत नभएपछि विवाद चर्केको हो।

सभापति देउवा विधानमा भएको व्यवस्था बमोजिम थप एक वर्ष केन्द्रीय समितिको म्याथ थप्न चाहन्छन् तर वरिष्ठ नेता पौडेल म्याद थप्ने पक्षमा छैनन्।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू