क्लब विश्वकप फुटबलको फाइनलमा पुग्यो ब्राजिलको फ्लामेन्गो

ब्राजिलको फुटबल क्लब फ्लामेन्गो क्लब वर्ल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सुरुमा पछि परेर पनि साउदी अरेबियाको क्लब अल हिलाललाई ३–१ ले पराजित गरी फ्लमेङ्गो फाइनलमा पुगेको हो ।

१८ औँ मिनेटमा सालेम अल दावसरी ले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । ४९ औँ मिनेटमा युरुग्वेका खेलाडी जिओरिएन डी अरास्काइताले फ्लामेन्गोका लागि बराबरी गोल फर्काए ।

कोपा लिबेर्तादोरिस विजेता क्लबका लागि ब्रुनो हेनरिकले ७८ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरे । यस्तै ८२ औँ मिनेटमा अल हिलालका अली अबलुलायीले आत्मघाती गोल गरेपछि फ्लामेन्गोले ३–१ को जित निश्चित गरेको हो ।

८३ औँ मिनेटमा आन्द्रे कारिल्लो सीधै रातोकार्डा पाएर मैदानबाट बाहिरिएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो । फ्लामेन्गोले फाइनलमा लिभरपुल वा मोन्तेरीसँग प्रतिस्पर्धा गर्ने छ। फाइनल खेल आउँदो शनिबार राति हुनेछ ।

पुस २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्