पारस र रोहनको अर्धसतकीय पारीमा बुटलवलाई २०४ रनको लक्ष्य

पोखरा – दोस्रो संस्करणको जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्र्टसलाई २ सय ४ रनको लक्ष्य दिएको छ । २० ओभरमा ३ विकेटको क्षतिमा चितवनले २ सय ३ रनको योगफल खडा गरेको हो ।

चितवनका लागि कप्तान पारस खड्का र रोहन मुस्ताफाले अर्धसतकीय पारी खेलें । ओपनर ब्याट्सम्यानको रुपमा भित्रिएका कप्तान पारस खड्काले ४० बलमा २ छक्का र ६ चौकाको सहायतामा ६३ रन बनाएर आउट भए ।

पारसलाई बाह्रौं ओभरको तेस्रो बलमा अफ्ताबुद्धिन अहमदले कप्तान सोमपाल कामीको हातबाट उत्कृष्ट क्याचआउट गराए थिए । रोहनले ५६ बलमा २ छक्का र ७ चौकाको सहायतामा नटआउट ७० रन बनाएर अर्धसतकीय पारी खेलें । पारस आउट हुनुअघि रोहन मुस्ताफासँग १ सय १७ रनको साझेदारी भयो ।

आरिफ शेखले चिवतनका लागि ४० रन बनाए । उनले १९ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । शेखलाई अविनाश बोहराले सोमपाल कामीको हातबाट उत्कृष्ट क्याचआउट गराएका थिए । चितवनका लागि बाबर हायत क्रिजमा टिक्न सकेनन् । ५ बलको सामना गर्दा १ रनमै बोल्ड भए ।

अन्तिम ओभरको ३ बल बाँकी रहँदा क्रिजमा उत्रिएका सन्नी पटेलले ४ रन जोडे । उनले २ बलको सामना गर्दा १ चौका प्रहार गरे । बुटलका लागि अफ्ताबुद्धिन अहमदले २ विकेट झारे । अविनाश बोहराले १ विकेट लिए । टस जितेर फिल्डिङ रोजेको बुटवलले चितवनले दिएको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको छ ।

प्रतियोगितामा दुवै टोली दाबेदारीको रुपमा प्रस्तुत भएका छन् । जारी दोस्रो संस्करणमा मंगलबारको खेलमा चितवनले घरेलु टोली पोखरालाई ६ विकेटले पराजित गर्दै जित निकालेको थियो । बुटवलले ज्ञानेन्द्र मल्लको कप्तानी रहेको काठमाडौंलाई सुपर ओभरमा हराएको थियो ।

पुस ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्