‘गोल मेसिन’ रोबर्ट लेवान्डोस्कीको शल्यक्रिया हुने

जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखका स्ट्राइकर रोर्बट लेवान्डोस्कीको शल्यक्रिया हुने भएको छ। शनिबार राति हुने यो वर्षको अन्तिम खेलपछि लेवान्डोस्कीको ग्रोइनको शल्यक्रिया हुने भएको हो । बार्यनले शनिबार राति वुल्फबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।

लेवान्डोस्की बुण्डेसलिगामा यो सिजनका सर्वाधिक गोलकर्ता हुन्, उनले अहिलेसम्म १६ खेलमा १९ गोल गरिसकेका छन् । शल्यक्रियापछि लेवान्डोस्की १० देखि १४ दिन मैदान बाहिर रहने छन् ।

हाल बार्यन बुण्डेसलिगामा तेस्रो स्थानमा छ र शनिबार रातिको खेलपछि चार हप्ताको विन्टर ब्रेक लिनेछ।

लेवान्डोस्की गएको बुधबार भएको खेलमा फ्रेइबर्गविरुद्धको खेलमा गोल गरेपछि बुण्डेसलिगाको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका छन् । उनले ३०६ खेलमा २२१ गोल गरेका छन् ।

यो सिजन बार्यनका लागि लेवान्डोस्कीले सबै प्रतिस्पर्धामा गरेर २४ खेलमा ३० गोल गरिसकेका छन्।

पुस ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्