दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

काठमाडौँ – दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले घरबाटै अपहरण गरेको हो ।

हाल दैलेख सदरमुकाममा रहेकी गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको खबर आएको जानकारी दिइन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अपहरणको जानकारी आएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटाइएको जानकारी दिए ।

अध्यक्ष शाहीलाई प्रतिबन्धित विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंका सुरक्षा निकायले गरेका छन्।

पुस ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्