हुम्ला – हिमपातका कारण टावरमा खराबी आएपछि बन्द भएको इन्टरनेट सेवा हुम्लासहितका क्षेत्रमा १० दिनपछि सुचारु भएको छ ।

जुम्ला र मुगुको सीमा क्षेत्र बुलबुलेमा रहेको वर्ल्ड लिंकको इन्टरनेट टावरमा समस्या आउँदो १० दिनदेखि इन्टरनेट सेवा बन्द भएको थियो । हुम्ला र जुम्लाका सम्पूर्ण क्षेत्र तथा मुगुका केही भागमा इन्टरनेट सेवा बन्द हुँदा कार्यसम्पादनमा समस्या भएको थियो ।

बुलबुलेमा रहेको टावर मर्मत गरिएपछि सेवा सुचारु भएको वर्ल्ड लिंकका स्थानीय प्रमुख रामजन रावतले बताएका छन् ।

हुम्लाका ४४ मध्ये ४२ वडा कार्यालय तथा सातवटै गाउँपालिका कार्यालयमा वर्ल्ड लिंकको इन्टरनेट सेवा रहेको रहेको छ । यस्तै टेलिफोन सेवा नपुगेको नाम्खा गाउँपालिका–६ को लिमीमा समेत सेवा रहेको छ ।

पुस ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्