उत्पादित विद्युत वितरणको व्यवस्था नहुँदा दिनभरि विद्युत गृह बन्द गर्नु पर्ने बाध्यता

सर्केगार्ड – हुम्लामा स्थानीय रुपमा ञ्चालनमा आएका डेढ दर्जन लघु जलविद्युत आयोजनाद्धारा उत्पादित विद्युत खपतमा समस्या देखिएको छ । विद्युत वितरण प्रकृयालाई व्यवस्थित नगरिँदा खपतमा समस्या भएको हो ।

हुम्ला १८ वटा लघु जलविद्युत आयोजनाबाट एक मेघावाट भन्दा बढी विद्युत उत्पादन हुने गरेको छ । तर वितरण व्यवस्था राम्रो हुन नसक्दा समस्या भइरहेको सर्केगार्ड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।

विद्युत वितरणको जिम्मा पाएका उपभोक्ता समितिले सबै स्थानमा बेलुका ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र विद्युत वितरण गर्ने गरेका छन्।

उत्पादन भएको विद्युत व्यवस्जित गर्न सकेमा चौबिसै घण्टा उपभोक्तालाई विद्युत वितरण गर्न सकिने छ । तर वितरण गर्ने उचित व्यवस्था हुन नसकेपछि लघु जलविद्युत योजना दिउँसो बन्द गरेर राख्नु पर्ने अवस्था छ ।

हाल हुम्लाका चंखेली गाउँपालिकामा दुईवटा, सर्केगार्डमा पाँचवटा, अदानचुलीमा एउटा, ताँजाकोटमा एक, खार्पुनाथमा तीन र नाम्खा गाउँपालिकामा ६ वटा लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुँदै आएको छ ।

पुस ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्