सरकारी नीतिका कारण सिमेन्ट निर्यात गर्न सकेका छैनाैँ: पशुपति मुरारका (भिडियाे)

काठमाडौँ–अर्घाखाँची सिमेन्ट उद्योगले रुपन्देहीको मैनहीयामा व्यवसायीक रुपमा सिमेन्ट उत्पादन शुरु गरेको पाँच बर्ष पुग्न लाग्यो।
डाइनाष्टि इण्डष्ट्रिज प्रालीका रुपमा रहेको कम्पनी २०६५ सालमा अर्घाखाँची सिमेन्ट प्राली बनेको हो। करिब तीन अर्ब रूपैयाँ लगानीमा स्थापना भएको कम्पनीले २०७१ सालबाट ‘अर्घाखाँची’ ब्रान्डमा ओपीसी सिमेन्ट बजारमा ल्याएको हो।
अर्घाखाँची सिमेन्ट उत्पादनमा अग्रणी स्थानमा आउँछ। कम्पनीका सञ्चालक पशुपति मुरारका भन्छन्, ‘गुणस्तरमा कुनै कमजोरी गरेका छैनौँ।’
हाल उद्योगले अर्घाखाँची ब्राण्डमा ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन गरिरहेको छ। तर बजारमा सिमेन्टको माग घटेका कारण हाल उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलिरहेको छ।
सात अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीले जनाएको छ।
नेपाली बजारमा सिमेन्टको माग, उत्पादनमा समस्या र निर्यातका बारेमा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका यसो भन्छन्।
भिडियाे: