हुम्लाका दुर्गम क्षेत्रका महिलामा परिवर्तन आउँदै

सर्केगार्ड – दुर्गम क्षेत्रका महिलाहरुमा परिवर्तन आउन थालेको छ । कसैका अगाडि उभिएर बोल्न नसक्ने महिलाहरु मनमा लागेको कुरा भन्न सक्ने भएका छन् । यस्तै परम्परागत पेसालाई व्यवसायीकरण गरेपछि उनीहरुमा थप परिवर्तन आएको हो ।

पहिले घरदैलोमा सीमित हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानीकी बसन्ती रावत अहिले त बजारसम्म आफ्नो पहुँच बृद्धि भएको बताउँछिन् ।

उत्पादन भएका कृषि उपज घरमा कुहिँदा पनि बजारमा बिक्री गर्न लाज मान्ने महिला अहिले भने नजिकको सर्केगार्ड बजारसम्म बिक्री गर्न सक्ने भएका छन् । उनीहरु आफूले उत्पादन गरेको तरकारी, अन्नपात, दाल तथा फलफुलहरु बजारमा ल्याएर बिक्री गर्छन् ।

यहाँका महिलाहरु अहिले आफूलाई लागेका कुराहरु निर्धक्क भन्न सक्ने भएका छन् । महिलाहरु आफ्ना समस्या बताउन सक्ने भएको गाउँपालिकाका अध्यक्ष बलवीर थापाले बताए ।

पुस ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्