सलीसल्ला सर्केगार्ड गाडीमा सरर…

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगार्ड र चंखेली गाउँपालिकाबीच स्थानीय स्तरमा सडक सञ्जाल जोडिएपछि गाडी चल्न सुरु भएको छ । कर्णाली करिडोर अन्र्तगत सलीसल्लादेखि सकेगार्ड खण्डको सडक निर्माण कार्य सम्पन्न भएपछि हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको जीप सञ्चालनमा आएको हो ।

अहिले काम परेका बेला गाडी प्रयोग गर्न पाउँदा स्थानीय हर्षित भएका छन् । यसरी चंखेली र सर्केगार्डका गाउँपालिकाबीच यातायात सञ्चालन भएपछि स्थानीयहरुले पैदल हिँड्न छाडेका छन् । यातायात सञ्चालनमा आएपछि बिरामीदेखि दैनिक उपभोग्य र विकास निर्माणको सामग्री पनि गाडीमा ढुवानी हुन थालेको छ ।

जिरो प्वइन्ट सलीसल्लाबाट सर्केगार्डसम्मको नौ दशमलम तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर शशांक मिश्रले बताए ।

उक्त क्षेत्रमा डबल लाईनको सडक निर्माण कार्य पूरा भएको छ । सडक निर्माणको कार्य जिल्ला पाएका सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले सो खण्डमा सडक निर्माण कार्य पूरा भएपछि स्थानीय व्यक्तिको सुर्खेतबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको महेन्द्र बोलेरो जीप सञ्चालमा आएको बताए ।

पुस ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्