महिलालाई उद्यमी बनाउन व्‍यासायिक योजना बनाउने तालिम

सर्केगार्ड-दुर्गम तथा दुरदराजका महिलाहरुलाई आय आर्जजनबाट उद्यमी बनाउनका लागि व्‍यावसायिक योजना बनाउने सीप प्रदान गरिएको छ। आयआर्जनका कामहरु महिलाले गर्नका लागि सीपको आवश्‍यकता देखिएपछि यो सीप प्रदान गरिएको हो।

ब्यबसायीक योजना बनाउने तालिम लिएर प्याज खेती सुरु गर्नु भएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ की बसन्ती कार्कीले तालिमले काम गर्न सहज भएको बताइन्।

तालिममा प्याज खेती गर्न आवश्यक बजेटदेखि अफ्नो श्रमको समेत हिसाब किताब भएकोले पहिले नै प्याज खेतीबाट नाफा घाटा पत्ता लागेको कारण काम गर्न सहज भएको सहभागीको भनाइ छ। कार्कीले चालीस हजारको प्याज खेतीको ब्यबसायीक योजना निर्माण गर्नु भएको छ।

यता वडा नम्बर ३ कै मंगली फडेराले कुखुरा पालन व्‍यावसायको व्‍यावसायिक योजना तयारी तालिम लिएर व्‍यावसाय सुरु गरेका छन्। सो लगानी गरेर कुखुरा पालन व्‍यावसाय सुरु गर्नु भएकी फडेराले ब्यासायीक योजना निर्माण गर्ने तालिम पछि ब्यबसाय अगाडी बढाउदा काम गर्न सजिलो भएको उनको भनाइ छ।

६ दिने सो तालिममा सर्केगार्ड गाउँपालिकाका ९६ जना महिलाहरुको सहभागिता रहेको रुपान्त्रण परियोजनाका कार्यक्रम संयोजक पदमराज हमालले बताए। तालिममा आम्दानी हुने तरकारी खेती, कुखुरापालन, स्याउ खेती, किराना पसल सम्वन्धि ब्यबसाय सहभागीहरुले रोजेका छन्। यसका लागि परियोजनाले दश दश हजार प्रति सहभागीलाई आथिृक सहयोग गर्ने छ।

पुस ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्