जनस्वास्थ्य विज्ञहरूले जंक फुड बहिस्कार अभियान थाल्‍ने

जनस्वास्थ्य विज्ञहरूले जंक फुड बहिस्कार अभियान थाल्‍ने
+
-

काठमाडौँ- जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना (जङ्क फुड) बहिस्कार अभियान शुरु गर्ने भएका छन्।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रु खानाका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै उनीहरुले अभियान चलाउन लागेको घोषणा गरेका हुन्।

जनस्वास्थ्य विज्ञ डा. महेश मास्केले पछिल्लो समय जैविक खानालाई प्रोत्साहन गर्नुपर्ने समयमा पत्रु खानालाई उक्साहट दिने गरेको बताए।

उनले भने, ‘हामी पनि कहिलेकाहिँ स्वादका लागि पत्रु खाना खान्छौँ। तर त्यसलाई आफैँबाट परिवर्तन गर्न जरुरी छ। पत्रु खानालाई बहिस्कार गर्नु सजिलो छैन। यो कुनै औषधी प्रिस्क्राइब गर्ने वा सुई लगाइदिने जस्तो सजिलो काम होइन।’

पत्रु खाना बहिस्कारका लागि सबैभन्दा पहिला समाज बदल्न जरुरी हरेको उनले बताए। उनका अनुसार मानिसहरुले चाहेर पनि आफ्नो व्यवहार परिवर्तन गर्न सकिरहेका छैनन्।

त्यसैगरी कार्यक्रममा बोल्दै डा. रीता थापाले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग बढ्दै गएको बताइन्। उनले भनिन्, ‘नसर्ने रोग कुनै इन्फेक्सन, भाइरस वा ब्याक्टेरियाबाट होइन, आफ्नै बानी बेहोराबाट हुन्छ।’

उनका अनुसार नसर्ने रोग बालबालिकामा धेरै देखिन थालेको छ। यसको मुख्य कारण भनेकै पत्रु खाना भएको उनको भनाइ छ। यस्ता खानेकुराले आफ्नो बालबालिकामा कस्तो असर पर्छ भन्ने कुरा जान्न अत्यन्तै जरुरी छ।

उनले भनिन्, ‘अभिभावकले मःमः, चाउचाउ, चाउमिन, कोकजस्ता खानेकुरा तथा पेय पदार्थ खान दिने गरेको पाइन्छ। यसले गर्दा बालबालिकाले कलिलै उमेरमा विभिन्न रोगको सिकार हुनु परेको छ।’

यस्तै डा. अरुणा उप्रेतीले पत्रु खानाको समस्या नेपालको मात्र नभएर विकशित देशहरुमा समेत रहेको बताइन्। बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उनीहरूलाई पत्रु खानाबाट टाढै राख्नुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘नेपालमा पखाला लागेको समयमा र सुत्केरीलाई चाउचाउको सुप खुवाउनु पर्छ भन्ने अवधारणा छ। यसरी चाउचाउ खाँदा उनीहरु आफूमाथि हुने असरबारे अनविज्ञ हुन्छन्।’

बाहिरको खाने कुरा मःमः, चाउमिन, कुर्कुरेभन्दा आफ्नै भान्सामा पाकेका खानेकुरा रोटी, तरकारी, चना, चिउरा र मकै, भटमास, अण्डाजस्ता खानेकुरा खान विज्ञहरुले आग्रह गरेका छन्। उनले थपिन्, ‘मःमः खान मन छ भने घरमा आफैँ बनाएर खान सकिन्छ।’

८ जना चिकित्सकहरुले पत्रु खानाविरुद्ध अभियानका लागि हस्ताक्षर समेत गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष