सन्ध्या बनिन् मिस नेपालगञ्ज

नेपालगञ्ज – सन्ध्या शाहले ‘मिस नेपालगञ्ज–२०१९’ को ताज पहिरिएकी छन् । नेपालगञ्ज रंगशालाको कभर्डहलमा सम्पन्न सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा १२ प्रतिस्पर्धीलाई उछिन्दै शाहले मिस नेपालगञ्जको ताज पहिरिएकी हुन् ।

एक्स जेनेरेसनले आयोजना गरेको प्रतियोगितामा एकता बुढाथोकी फस्ट रनरअप र निशा श्रेष्ठ सेकेन्ड रनरअप भएका छन् ।

फिनालेको निर्णायकमा पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, रिबन इन्टरनेसनलको सिइओ निशु झा, मिसेस नेपाल इन्टरनेसनल २०१९ को बिजेता भविशा कोइराला चटौत, नेपालगञ्जका पहिलो प्रोफेसनल मोडेल अजय पोख्रेल, नेपालगञ्जका स्थानीय तथा नेपालकै पहिलो मुस्लिम मोडेल राजा खान रहेका थिए ।

पुस १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्