हुम्लामा सामूहिक ल्होसार

सिमकोट – हुम्लाका लामा समुदायले तोतङी ल्होसार सामूहिक रुपमा मनाएका छन् । सदरमुकाम सिमकोटमा सामूहिक रुपमा ल्होसार मनाइएको हो ।

बिहान पूजापाठ पछि लिंगो ठड्याएर जम्मा भएका सहभागीहरु बिच ल्होसारमा शुभकामना आदान प्रदान हुन्छ । बौद्ध धर्म अनुसार यस अवसरमा पूजापाठ गर्दा सिंगो वर्ष भरि नै सबैलाई राम्रो हुने धार्मिक मान्यता छ ।

बालकदेखि बृद्धसम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार मंगलबार भए पनि हुम्लाबासीले भने दुई दिन अघि नै मनाएका हुन् । सामहिक रुपमा २५ बस्तीका मानिसहरु मिलेर पर्व मनाएको सिमकोट ३ की छपाल लामाले बताईन ।

पुस १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्