अस्ट्रेलियामा थप गम्भीर डढेलो, भिक्टोरियाका दशौँ लाख बासिन्दालाई सुरक्षित स्थानमा जान सुझाव

लगातार बढिरहेको तापक्रम र तीव्र गतिमा चलेको हावाका कारण अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नयाँ डढेलो सुरु भएको छ।

डढेलो फैलिँदै जाँदा भिक्टोरियाका अधिकारीले दशौँ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान भनेका छन् । पर्यटकहरुलाई भिक्टोरियाको इस्ट गिप्पल्याण्ड क्षेत्रबाट बाहिरिन भनिएकाे छ । तर अझै पनि धेरै पर्यटक सो क्षेत्रमा छन् ।

लगातार खराब बन्दै गएको मौसमकाबिच सोमबार नयाँ डढेलोहरु थपिएका छन् । विशेष गरी अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा डढेलो गम्भीर बनेको छ । अस्ट्रेलियाका चार राज्यमा डढेलो गम्भीर बनेका छन् र अग्नि नियन्त्रकहरु खटिरहेका छन् ।

अस्ट्रेलियाका विभिन्न क्षेत्रमा गरी १०० भन्दा बढी डढेलो सक्रिय रहेका छन् । भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स र तास्मानिया क्षेत्रमा डढेलो अझै गम्भीर बन्न सक्ने भन्दै चेतावनी दिइएको छ ।

पुस १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्