काठमाडौँमा ‘तमु ल्होसार’को उत्सव (तस्बिरहरु)

काठमाडौँ –  गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व धुमधामसँग हर्षोल्लासका साथ मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाइँने ‘तमु ल्होसार’ पर्वका अवसरमा राजधानी काठमाडौँमा पनि विशेष कार्यक्रमको आयोजना भइरहेको छ ।

काठमाडौँको टुँडिखेलमा तमु ल्होसारलाई विशेष उत्सवका साथ मनाउने तयारी छ । त्यसअघि काठमाडौँमा सांस्कृतिक झाँकी प्रदर्शन भएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् ।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

पुस १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्