अंग्रेजी नयाँ वर्ष २०२० लाई संसारभर हर्षोल्लासका साथ स्वागत

Live

काठमाडौं-अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई न्‍युजिल्‍याण्ड र अस्ट्रेलिया लगायत विश्‍वभर भव्‍य रुपमा स्वागत गरिएको छ।

सन् २०१९ लाई बिदा गरी नयाँ वर्ष २०२० को आगमनलाई अक्ल्‍याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा भेला भइ आतिसबाजीका साथ हर्षोल्लासपूर्वक मनाइरहेका छन्।

अस्ट्रेलियाको ओपेरा र हार्बर हाउसमा नयाँ वर्षको स्वागतमा करीब २० लाख मानिसहरु जम्मा भएर खुसियाली मनाएको मिक फुलरले बताएका छन्।

यस्तै सिड्नीका मेयर क्लोभर मुरेले शुभ वालटनले अस्ट्रेलिया लगायत विश्‍वभरका मानिसहरुलाई नयाँ वर्ष २०२०को शुभकामना दिएकी छन्।

उनले भनेकी छन्, ‘नयाँ वर्षको भव्‍य स्वागत गर्न एक लाख टाढासम्‍म प्रभाव पार्ने संगीतको माध्‍यमबाट पानीमा छाल बनाइएको छ। यसले मानिसहरुको भीड लागेको छ।

कोही ढुंगामा बसेर आपसमा रमाइरहेका छन् भने कोही आतिसबाजीलाई नियालिरहेका छन्। उनीहरुको मुहारमा खुसियाली छाएको छ।सबैलाई शुभकामना छ मेरो हृदयबाट’

यस्तै अंग्रेजी नयाँ वर्षलाई न्‍यूजिल्‍याण्डमा पनि मानिसहरु भेला भएर आतिसबाजीका साथ स्वागत गरेका छन्।

विश्वभरका मानिसहरु आ-आफ्नो देशका मुख्य शहरहरुमा नयाँ वर्ष २०२० लाई उमङ्ग र हर्षोल्लासका साथ स्वागत गरेका छन्।

यस्तै जापान, दुबई, मस्को र लन्डनसहित लामो समयसम्म एक्लो बनेको याङ्गोनले पनि यस्तै कार्यक्रम आयोजना गरी नयाँ वर्षको आगमनलाई स्वागत गर्नेछन्।


कुनै देशमा मध्यरातबाट सुरु हुने नयाँ वर्षका लागि मानिसहरु भेला भएका छन्।

दुबईको बुर्ज खालिफा डाउनटाउनबाट समेत ३ घण्टाको समयसम्म चम्किला आतसबाजीको साथमा स्वागतको तयारी गरिएको छ छ भने चीनमा पनि नयाँ अंग्रेजीको वर्षको रौनकता छाउको छ।

पुस १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्