अमेरिकी राष्ट्रपति ट्रम्पले दिए इरानलाई धम्की–ठूलो मूल्य चुकाउनु पर्ला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने धम्की दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने धम्की दिएका हुन् ।
अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको साथ पाएका इराकी लडाकुहरुको मृत्युभएपछि आक्रोशमा आएका प्रदर्शनकारीले इराकमा रहेको अमेरिकी दूतावासको कम्पाउण्ड तोडफोड गरेका थिए ।
….Iran will be held fully responsible for lives lost, or damage incurred, at any of our facilities. They will pay a very BIG PRICE! This is not a Warning, it is a Threat. Happy New Year!
— Donald J. Trump (@realDonaldTrump) December 31, 2019
राष्ट्रपति ट्रम्पले मंगलबार बेलुका ट्वीट गरेर कुनै पनि भौतिक या मानवीय क्षतिको अति ठूलो मूल्य चुकाउनु पर्ने भन्दै इरानलाई धम्की दिएका हुन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘यो चेतावनी होइन, धम्की हो ।’
इरानले भने ट्रम्पले आरोप लगाए जस्तो घटना नभएको दाबी गरेको छ।
अमेरिकाले इरानको साथ कातिब हेजबुल्लाह समूहका लडाकुमाथि हवाई आक्रमण गरेको थियो । इराकको पश्चिमी तथा इरानको पूर्वी क्षेत्रमा रहेका कातिबका अखडाहरुमा अमेरिकाले निशाना बनाएको थियो । सो आक्रमणमा कम्तिमा २५ लडाकुको ज्यान गएको थियो ।