५५ किलो गाँजासहित चारजना पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौँ – ५५ किलो गाँजासहित चारजना पक्राउ परेका छन् । तीनजना भारतीय नागरिक र एकजना नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतिहारीका दिलीपकुमार सिंहसहित अन्य दुईजनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिकले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेका बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्