भ्रमण वर्ष लक्षित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा

पाँचथर – पर्यटन वर्ष प्रवर्द्धनका लागि पाँचथरबाट पुष्पलाल लोकमार्गसम्म सुरु भएको मोटरसाइकल यात्रा मेलम्ची आइपुगेको छ। बुधबार पाँचथरको फिदिमबाट सुरु भएको यात्रा आइतबार मेलम्ची आइपुगेको यात्रामा सलंग्न पत्रकार दिपक बोहराले जानकारी दिए।

यो यात्रामा विभिन्न क्षेत्रमा आवद्ध ११ युवाहरुको संलग्नता रहेको छ। ‘नेपाल यात्रा २०७६’ नामको यात्राले पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्नेछ। बिहीबारबाट तेह्रथुम हुँदै पश्चिमतर्फ लागेको थियो।

यो टोलिको यात्रा मध्यपहाडि लोकमार्गको अन्तिम बिन्दु बैतडिको झुलाघाट हुँदै सिन्धुपाल्चोकको मेल्चि सम्म पुग्नेछ।

पुस २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू