लुकाकुको दुई गोलको सहयोगमा युभेन्टसलाई पछि पारेर इन्टर मिलान शीर्ष स्थानमा

इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा नापोलीमाथि ३–१ को जित निकालेको इन्टर मिलान युभेन्टसलाई पछि पारेर शीर्ष स्थानमा कायम रहेको हो ।

अवे मैदानमा भएको खेलमा इन्टर मिलानका लागि दुई गोल रामेलु लुकाकुले गरे भने एक गोल लौतारो मार्तिनेजले गरेका हुन् । नापोलीका लागि अर्काडिउस मिलिकले एक गोल फर्काए ।

लुकाकुले १४ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । उनले यो सिजन सिरी ए मा १४ गोल गरिसकेका छन् । यस्तै मिलिकले ३९ औँ मिनेटमा नापोलीका लागि एक गोल फर्काए ।

दोस्रो हाफमा युभेन्टसले थप एक गोल गरेको हो । मार्तिनेजले ६२ औँ मिनेटमा गोल गरेपछि युभेन्टसले ३–१ को जित निश्चित गरेको हो ।

जितपछि केही समय दोस्रो स्थानमा झरेको इन्टर मिलान युभेन्टसलाई गोल अन्तरमा पछि पार्दै पुनः शीर्ष स्थानमा पुगेको हो । इन्टर मिलानको १८ खेलबाट ४५ अंक भएको छ ।

सोमबार राति नै भएको खेलमा काग्लिएरीलाई ४–० ले पराजित गरेको युभेन्टसको पनि समान खेलबाट ४५ अंक नै छ । इन्टरसँग पराजित भएको नापोली भने १८ खेलबाट २४ अंकसहित आठौँ स्थानमा छ ।

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्