अमेरिकाको लस भेगासमा सीइएस मेला सुरु, सामसुङले ल्यायो स्मार्ट होम प्रविधि

अमेरिकाको लस भेगासमा सीइएस मेला सुरु, सामसुङले ल्यायो स्मार्ट होम प्रविधि

काठमाडौं- सूचना प्रविधिको विश्‍वव्‍यापी कुम्भ मेला कन्जुमर इलेक्ट्रोनिक शो अर्थात सीइएस अमेरिकाको लस भेगासमा सुरु भएको छ।

मंगलबार सुरु भएको सिइए अर्थात विश्वको सबैभन्दा ठूलो र महत्वको प्रविधि व्यापार प्रदर्शनीमा संसारभरका नयाँ प्रविधिको विकास र विस्तारबारे चर्चा गरिएको छ जसमा सामसुङले स्मार्ट होमको लागि एउटा नयाँ प्रविधि कम्प्यानियन रोवोट उद्‌घाटन समारोहमा सार्वजनिक गरेको छ।

सीइएसमा २०२० को सुरुवातसँगै धेरै खालका घोषणा, नयाँ ट्याब्लेट, स्मार्टफोन र स्मार्ट होम, फ्रेमलेस टभी/मोनीटर लगायत अन्य धेरै स्मार्ट प्रविधिहरुको प्रदर्शनी गरिएको छ। तीमध्‍ये एक हो, सामसुङले पहिलो दिन उद्‌घाटनमा आफ्नो नयाँ प्रडक्ट स्मार्ट होमका लागि लिएर आएको छ।

सामसुङले उक्त प्रडक्टलाई बाली नाम दिएका छन् जसमा रोबोटको सहायताले घरलाई स्मार्ट तरिकाले रेखदेख गर्ने काम गर्दछ। यो स्मार्ट रोबोटलाई मञ्‍मा बोलाएर प्रत्‍यक्ष रुपमा घरमा गरिने कामहरुलाई कसरी फत्ते र सजिलै गरिन्छ भनेर देखाइएको थियो।

गोलो र पहेँलो आकारमा रहेको उक्त रोबोटले वासिङ मेसिनलाई खोल्‍ने, भ्‍याकुम क्लिनर तयार गर्ने, टीभीलाई खोलिदिने, घरका सदस्‍यहरुलाई सही ठाउँमा उठाइ दिनुका साथै घरलाइ स्मार्ट बनाउन भरपूर सहयोग गर्ने सामसुङले जनाएको छ।

टीसीएसल गोज मोबाइल


टीसीएल खासमा टीभी उत्पादन गर्ने कम्पनी हो। तर उसले यो वर्ष भने ब्ल्याक बेरीको सहकार्यमा स्मार्टफोन समेत ल्याएको छ।

टीसीएलले सीइएसमा टीसीएल १० फाइजी, टीसीएल १० प्रो, टीसीएल १० एल मोडेलको स्मार्टफोनहरु प्रदर्शनी गरेका छन्। ती सबै सीरिजमा मोबाइलको मूल्‍य ५ सय डलर रहेको छ।

टोयोटा सिटी


चर्चित गाडी कम्पनी टोयटाले आफ्नै शहर बनाउने योजनाका साथ नयाँ प्रविधि लिएर आएको छ जसलाई वुमन सिटी भन्‍ने गरिएको छ।

यसले बस्‍नको लागि लिभिङ ल्याब्रोटरीको व्‍यवस्था गर्नेछ जसमा करीब २ सय जना बसेर काम गर्न सक्नेछन्।

फ्रेमलेस टीभी/मोनिटर


यसका साथै सीइएस मेलामा सामसुङले नयाँ प्रविधि क्यूएलइडी एटके टीभी सार्वजनकि गरेको छ।

यो टीभीमा स्मार्ट हुनुका साथै फ्रेम बिनाको टीभी रहेको छ।२.३ मिलिमिटर रहेको उक्त स्क्रिन वास्तविक जस्तै देखिन्छ।

वरीपरी घुम्‍ने स्पिकर


हुन त सीइएस मेलामा धेरै चिज रोटेटिङ प्रविधिमा आधारित छ। सामसुङको टीभ जस्तै स्पिकर पनि यही प्रकारको प्रदर्शनीमा राखिएको छ।

४८ इन्च रहेको उक्त स्पिकर जब तपाइ सुन्‍नुहुन्छ तब तपाइलाई डल्बी साउण्ड, डीटीएस एक्स साउण्ड पाउनु हुनेछ।

अल टच, नो कीज


यस्तै सीइएस मेलामा लेनेभोले फोल्डेबल थिङ्क प्‍याड सार्वजनकि गरेको छ जसमा सबै छोएरै कीप्याड ल्‍याउन मिल्छ। यो करिब १३ इन्चको रहेको छ भने यसको मूल्‍य २५ सय डलर रहेको छ।विन्डोज १० टच ट्‍याबलेटलाई फोल्ड गरेर समेत बोक्‍न सकिन्छ।

एआइ सनब्लक


अहिले प्राय सबै कम्पनीहरुले आफ्नो प्रडक्डमा आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोग गरिरहेका छन्।उनीहरुले यसमा लगानी गर्नुको मुख्‍य उद्देश्‍य नै आफूलाई सजिलो तरिकाले कसरी काम गर्न सकिन्छ भनेर नै हो।


अटोमोबाइल्समा पनि यही प्रविधि जडान गर्न सकिने गरी सीइएसमा सन ब्लकको सुविधासहित थ्रीडी स्पेशल सन ब्लक आर्टिफिसिएलमा ल्‍याइएको छ।

पुस २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्