अस्ट्रेलियाको डढेलोबारे भ्रामक तस्बिर भाइरल

डढेलोका कारण गम्भीर संकटमा रहेको अस्ट्रेलियाको भ्रामक नक्सा र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले विनाशकारी डढेलोका बारेमा जानकारी दिने तथा सचेत गराउने उद्देश्यसहित नक्सा तथा तस्बिर प्रयोग गरेका छन् । तर त्यसमध्ये केही भ्रामक र डढेलोको समस्याबारे खराब सूचना दिने खालका छन् ।

गएको सेप्टेम्बरयता फैलिएको डढेलोका कारण कम्तिमा २५ जना र लाखौँ जनावरको मृत्यु भएको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।

गएको सप्ताअन्त परेको पानीका कारण केही राहत मिले पनि पुनः तापक्रम बढ्ने चेनावती दिइएको छ र ढडेलोले उग्र रुप लिने बताइएको छ । अग्निनियन्त्रकहरु त्यसका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।


चर्चित गायिकका रिहान्नासहितले सामाजिक सञ्जालमा सेयर गरेको एक तस्बिरमा अस्ट्रेलियाको अधिकांश भागमा आगो फैलिएको देखाइएको छ । तर सो तस्बिर कलाकार एन्थोनी हियरजीले एक महिनाको अवधिमा आगलागीको घटना भएको ठाउँको तथ्यांक संकलन गरेर त्यसलाई भिज्वलाइजेसन गरेर निर्माण गरेको तस्बिर हो ।

यस्तै पूरै अस्ट्रेलियाभर आगलागी भइरहेको भन्ने सन्देश दिने खालको भ्रामक नक्सा पनि सेयर भइरहेको छ ।

पुस २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्