अमेरिकाको न्युयोर्कमा भएको दुर्घटनामा नेपाली बालकको मृत्यु

काठमाडौँ – अमेरिकाको न्युयोर्कमा भएको दुर्घटनामा एक नेपाली बालकको मृत्यु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लेफ्राक सिटि बिल्डिङ नजिकैबाट विद्यालय तर्फ जान लागेका १० वर्षका बालक श्रीजल पन्थीलाई ट्रकले ठक्कर दिएको हो।

उनलाई स्कूल लैजाँदै गरकी आमा मीना पन्थी घाइते भएकी छन् । ट्रकको ठक्करबाट घाइते भएका श्रीजलको उपचारको क्रममा मृत्यु भएको हो । आमा मीनाको भने उपचार जारी रहेको जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार घटना फिप्टीसेभेन एभ्युन्युको नाइन्टी सेभेन स्ट्रीटको कोरोनास्थित लेफ्राक सिटि भवनको सामुन्ने मंगलबार भएको एभरेस्टटाइम्स न्यूजले जनाएको छ।

पुस २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्