देशभर बदलीः वर्षा तथा भारी हिमपातको सम्भावना कुन-कुन क्षेत्रमा?

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ र केही क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश भूभागमा हिमपात भइरहेको जनाइएको छ ।

बिहीबार दिनभर देशभर नै सामान्यतया मौसम बदली हुने छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुने छ ।

राति देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्य बदली हुनेछ भने पश्चिमका भूभागमा आंशिक बदली रही एक–दुई स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमापात हुने सम्भावना छ । शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ ।

बदली तथा वर्षा भएका कारण अधिकताम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक रहेकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ।

पुस २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्