‘तराई-मधेसको पर्यटकीय स्थल ओझेलमा पर्‍यो, प्रचार प्रसार गरौं’

पर्सा- प्रदेश नम्बर-२ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले तराइ-मधेस प्रदेश २ का ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको विकास ओझेलमा परेको बताएका छन्।

बिहीबार वीरगञ्जमाआयोजित अन्तरक्रिया कार्यक्रम बोल्‍दै राज्‍यमन्त्री मण्डलले सम्बोधन गर्दै भने, ‘तराई-मधेसको २२ जिल्लामा रहेको पर्यटकीय स्थलहरुको बिकास एवम पर्यटन प्रर्वद्धन निक्कै ओझेलमा परेको छ। यसलाई विकास गर्नको लागि हामी सबै मिलेर यहाँका ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको मुहार फेर्नुपर्छ।’

उनले प्रदेश-२मा रहेको ती सम्पदाहरुको जगेर्ना गरे मात्रै नेपाल भ्रमण वर्ष सफल हुने दाबी गरे। उनले पर्यटन वन तथा वातारण मन्त्रालय बिरगञ्‍ज महानगरपालिका,पोखरिया नगरपालिका र ठोरी गाउपालिकाको सहकार्यमा भिजिट मधेस नेपालको सहकार्य स्वागत योग्‍य रहेको बताए।

उनले भने, ‘नेपाल भ्रमण बर्ष २०२० सँगै तराई मधेसका ठाउँहरुमा पनि आएर हेरिदिन पर्यटकहरुलाई मेरो आग्रह छ।हामी पनि भिजिट मधेशको साथमा तपाइहरुलाई स्वागत गर्न तम्तयार छौ।’

उनले तराइ मधेसमा आउने पर्यटकहरुलाई यहाँ टिकाई राख्न पर्सा बारा रौतहटका बिभिन्न धार्मिक ऐतिहासिक स्थल समेटेर पर्यटकीय प्याकेज बनाउनुपर्ने बताए।

यस्तै वीरगञ्‍ज महानगरपालिकाका मेयर विजय सरावगीले तराइ मधेसका पहिचान भएका पर्यटकीय स्थलहरुको प्रवर्द्धनको लागि प्रदेश र स्थानीय सरकारले साथ, सहयोग र समन्वय गर्नु पर्नेमा जोड दिए।

उनले भने, ‘वीरगञ्जमा रहेको भिश्‍वा डाँडाको विकासको लागि मास्टर प्लान बनाइएको छ। तर उक्त डाँडाको विकाशको लागि प्रदेश सरकारले मात्रै आवशयक बजेट छुटयाएर सहयोग गर्नुस्।’ मेयर सरावगीले पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको ऐतिहासिक रामभौरी भाटा मन्दिर पुग्न आवश्यक सडकको विकाश गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन देशका पालिकाहरुले आफनो पालिका मातहत रहेका स सानो पर्यटकीय स्थलहरुको बिकाश गर्नुपर्ने बताइन्।उनले तराई मधेसको भेष भुषा रहन सहनको उचित विकास हुन सके त्यसले पनि पर्यटकहरुलाई भित्रयाउन सक्ने बताइन्।

भिजिट मधेस नेपालले तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहन सहन, भेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गर्दै आएको छ। तराई मधेसमा रहेका २२ जिल्लाभित्र पर्ने बिभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्न भिजिट मधेस नेपालले अभियान सञ्चालन गर्दै आएको छ।

यसअघि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ काठमाडौंमा गत मँगलबार एक कार्यक्रमकाबिच घोषणा गरिएको थियो।

तराई मधेसका २२ जिल्लामा रहेका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउन ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्पको पनि शुरुआत गरिसकिएको अभियानका राष्ट्रिय सञ्योजक ओमप्रकाश सर्राफले जानकारी दिए।

भिजिट मधेश पर्साका संयोजक किसन सर्राफको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतको सहभागिता रहेको थियो।

पुस २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्