नेपाली सेनाको ‘एकीकरण पदमार्ग पदयात्रा’ गोरखाबाट काठमाडौं आइपुग्यो (फोटो फिचर)

काठमाडौं– गोरखा–काठमाडौं एकीकरण पदमार्ग पदयात्रा काठमाडौं आइपुगेको छ। नेपाल एकीकरणको उद्गम थलो गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पौष १८ गते सुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण पदमार्ग पदयात्रा’ पौष २२ गते नागार्जुन आइपुगेको थियो भने आज २४ गते बिहीवार वसन्तपुरको रणभैरव गणमा आइपुगेको छ।

तत्कालिन ऐतिहासिक पदमार्गको संरक्षण र प्रवर्द्धन गर्न पदयात्रा शुरु गरिएको हो। नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुज) का झण्डा लिएर टोली यात्रामा निस्केको थियो।

गोरखा दरबार–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट, धादिङ, नुवाकोट हुँदै टाेली काठमाडौं आइपुगेको हाे।

राष्ट्रिय एकता दिवस हर्ष उल्लासका साथ मनाउन गोरखा–काठमाडौं एकीकरण पदमार्ग पदयात्रा शुरु गरिएको हो। पृथ्वी जयन्तीको दिन पुस २७ गते सिहंदरबार अगाडि हुने कार्यक्रममा याे पदयात्रा सहभागी हुने नेपाली सेनाले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गरी एकीकरण पदमार्ग विकास गर्न लागिएको नेपाली सेनाले जनाएको छ।

 

सबै तस्बिर: बर्षा शाह/देश सञ्चार। 

 

पुस २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू