सुनको मूल्य घट्यो, प्रतितोला ७४ हजार ६ सय

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।

शुक्रबार प्रतितोला ७४ हजार ६ सयका दरले सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय कायम भएको थियो ।

पुस २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्