किमलाई ट्रम्पले दिए जन्मदिनको शुभकामना, तर वार्ता नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई जन्मदिनको शुभकामना सन्देश पठाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि जन्मदिनको शुभकामना प्राप्त भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

शुभकामना स्वागत गरिए पनि त्यसले वार्ताको वातावरण भने नबनाउने उनले उत्तर कोरियाले स्पष्ट पारेको छ । उत्तर कोरियाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दुई नेताबिच राम्रो सम्बन्ध छ तर यसकै आधारमा अमेरिकाले वार्ताको पुनः सुरुवात हुने अपेक्षा गर्नु गलत हुनेछ ।’

नेता किमको जन्मदिन गएको बुधबार अर्थात जनवरी ८ मा थियो । ट्रम्पले सोही अवसर पारेर शुभकामना पठाएका हुन् ।

पुस २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्