नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी

नेपालगञ्ज – माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावका लागि उम्मेदवारहरुले शनिबार मनोनयन दर्ता गराएका छन्। समावेशी र साझा प्रजातान्त्रिक प्यानल बनाएर चुनावमा होमिएका दुवै समूहले मनोनयन दर्ता गराएका हुन्।
अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानल बनेको छ भने ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल रहेको छ।
समावेशी प्यानलबाट उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ (वाणिज्यतर्फ ) र आदेश अग्रवाल (उद्योगतर्फ )ले उम्मेदवारी दर्ता गरेका छन्। सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश वैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानियाँ ‘पप्पु’, मन्दिरा पाण्डे, भीम रानाभाटले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै साझा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा तपेन्द्र विक्रम शाह (उद्योगतर्फ) र अमित बस्नेत (बाणिज्यतर्फ)ले उम्मेदवारी दर्ता गरेका छन्।
यसैगरि अजयकुमार टण्डन, सुनिल सिंघल, बिन्दु घर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार वैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारले सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
नेपालगञ्जमा चिसो बढ्दै गर्दा व्यापारीको चुनावको सरगर्मी थपिएको छ। उम्मेदवारहरु घरदैलो, भेटघाटमा हिडिरहेका छन्। संघमा तीन हजार ४८ जना मतदाता रहेका छन्।