फोटो फिचर

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी राष्ट्र निर्माताको योगदानको स्मरण

फोटो फिचर

काठमाडौँ – राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाईँदै छ ।

सिंहदरबार पश्चिम मूलद्वार रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकका मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभावले माल्यार्पण गरेका छन् । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी पनि जाने भनिएको थियो । तर उनी गइनन् । पर्यटन मन्त्री योगेश भट्टराई भने माल्यार्पणका लागि पुगेका थिए ।

राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिएको हो ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।