रंगीन संसारको रंगहीन डिबी खड्काको ‘नियत’ सार्वजनिक

काठमाडौँ– पत्रकार तथा लेखक डिबी खड्काको पुस्तक ‘नियत’ सार्वजनिक भएको छ। सोमबार प्रज्ञा प्रतिष्ठानमा तीन अभिनेत्रीले खड्काको पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकलाई नेपाली चलचित्र क्षेत्रका तीन नायिका रेखा थापा, स्वस्तिमा खड्का , लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन्।

लेखक खड्काले लामो समय चलचित्र पत्रकारीता गरेको अनुभवमा कलाकारिता क्षेत्रमा भएको राम्रो नराम्रो पक्ष केलाएर पुस्तक लेखेका हुन्।

लेखक खड्काले पुस्तकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरिएको बताए। कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाई छ।

छलफलमा नायिकाहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका तिता मिठा कथाहरु सुनाएका थिए ।

पुस २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्