राजकुमार ह्यारी र मेगनको नयाँ भूमिकाका लागि केही समय प्रदान गर्न महारानी एलिजाबेथ तयार

बेलायती महारानी एलिजाबेथ द्वितियले द ड्युक एण्ड डचेज अफ ससेक्सलाई ‘केही समयका लागि’ क्यानडा र बेलायतमा समय बिताउन अनुमति दिएकी छन् ।

तर यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ ।

महारानी एलिजाबेथले राजकुमार ह्यारी र मेगनले आफ्ना लागि चाहेको नयाँ भूमिकापति सकारात्मक रहेको बताएकी छन् । तर महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न राजघराना रहुन् भन्नेमा जोड दिएकी छन् । ह्यारी र मेगनको भावी भूमिकाका सम्बन्धमा अन्तिम निर्णय आउँदा दिनमा लिइने उनले उल्लेख गरेकी छन् ।

बेलायती राजपरिवारका शीर्ष सदस्यहरुबिच सान्ड्रिङ्घममा राजकुमार ह्यारी र उनकी पत्नी डचेज अफ ससेक्स अर्थात मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल भएको हो । सो भेटमा ह्यारीका पिता राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गएको बुधबार गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका छन् । त्यसपछि सोमबार महारानीसहितको उपस्थितिमा छलफल भएको हो ।

छलफलपछि महारानी एलिजाबेथले वक्तव्य जारी गरेर वार्ता अति रचनात्मक भएको बताएकी छन् । महारानीले वक्तव्यमा उल्लेख गरेकी छन्, ‘मेरो परिवार र म ह्यारी र मेगनले युवा परिवारका रुपमा नयाँ जीवन सुरु गर्नका राखेको चाहनाप्रति पूर्ण रुपमा सहयोगी छौँ ।’

वक्तव्यमा भनिएको छ, ‘तर पनि हामी उनीहरु राजपरिवारको पूर्णकालीन सक्रिय सदस्य रहुन् भन्नेमा जोड दिन्छौँ, मेरो परिवारको महत्वपूर्ण अंशका रुपमा रहँदै अधिक स्वतन्त्र परिवारका रुपमा बस्न चाहने उनीहरुको चाहनाको सम्मान गर्छौँ र बुझेका छौँ ।’

अन्तिम निर्णय नहुन्जेल सम्मका लागि ह्यारी र मेगनलाई क्यानडा र बेलायतमा बस्ने अनुमति दिइएको वक्तव्यमा उल्लेख छ । उनीहरुले सार्वजनिक कोषमा निर्भर हुन नचाहेको बताएका थिए ।

महारानीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘समाधान गर्नु पर्ने मेरो परिवारको यो जटिल विषय हो । अझै केही काम गर्नु पर्ने बाँकी छ, तर मैले केही दिनमा अन्तिम निर्णयमा पुग्न भनेकी छु ।’

ह्यारी र मेगनले वक्तव्य जारी गर्नु पूर्व महारानी एलिजाबेथ, पिता (प्रिन्स अफ वेल्स) तथा राजकुमार विलियम (ह्यारीका दाइ) सँग परामर्श गरेका थिएनन् । ह्यारी पत्नि मेगन क्यानडा फर्किएकी छन् । उनको साथमा छोरा आर्ची पनि रहेको हुन सक्ने अनुमान छ ।

सोमबार छलफल सकारात्मक भएको जनाइए पनि राजकुमार ह्यारी र उनकी पत्निको भावी भूमिका परिभाषित गर्ने सम्बन्धमा अर्को वार्ताका लागि मार्ग खुला गरेको जनाइएको छ ।

गएको अक्टोबरमा राजकुमार ह्यारी र मेगनले मिडिया स्पट लाइटका कारण आफूहरु समस्यामा रहेको सार्वजनिक रुपमा उल्लेख गरेका थिए । बुधबार उनीहरुको इन्स्टाग्राम पेजमा पनि राखिएको वक्तव्य धेरै महिनादेखिको आन्तरिक छलफलपछिको निर्णय रहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तिय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्ने छौँ ।’ यस्तै बेलायत र उत्तर अमेरिका बसाइको समय व्यवस्थापन गर्ने उल्लेख छ । मेगन अमेरिकी अभिनेत्री हुन् ।

क्रिसमसका बेला ह्यारी र मेगनले राजकीय जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएका थिए । उनीहरुले सो बेला क्यानडामा छोरा आर्चीसँग समय बिताएका थिए ।

आर्चीको जन्म गएको मे मा भएको हो । बेलायत फर्किएपछि मंगलबार ह्यारी र मेगनले लण्डनमा रहेको क्यानडियन हाइकिसनमा गएर धन्यबाद दिएका थिए । मेगनले लामो समय क्यानडाको टोरन्टोमा बसेर काम गरेकी थिइन् । त्यहाँ उनका धेरै साथी छन् ।

राजकुमार ह्यारी महाराजनी एलिजाबेथ (हजुरआमा) को अति नजिक मानिन्छन् । यस्तै दाइ विलियम तथा भाउजु केटसँग पनि ह्यारीको सम्बन्ध अति राम्रो थियो । तर मेगनसँग विवाह गरेपछि सो सम्बन्धमा दूरी पैदा भएको हो ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्