वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

काठमाडौँ – वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो ।

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो ।

तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्