परमेश्वरले शारीरिक सम्बन्ध राखे पाप पखालिन्छ भनेको भन्दै बलात्कार गरेको आरोपमा पाष्टर पक्राउ

काठमाडौँ – परमेश्वरले आफूसँग शारीरिक सम्बन्ध राखे पाप पखालिन्छ र रोग निको हुन्छ भनेको भन्दै ललाई फकाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पीडित युवतीको उजुरीको आधारमा आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भनिने ध्रुवबाबु जोशीलाई महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो । सो पाप मेटाउनको लागी तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ भनि म प्राथना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ । त्यस्तैले तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नाश भएर जान्छ भनि मलाई ललाई फकाई विश्वास दिलाई चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई बलात्कार गरेको भन्ने पीडितको उजुरीको आधारमा जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शारीरिक सम्बन्ध राखेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश भएर जाने र जे पनि हुन सक्ने भन्दै जोशीले धम्की समेत दिने गरेको पीडितले बताएकी छन् ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्