कञ्चनपुरमा ११ छाउगोठ भत्काइयो

फाइल तस्बिर

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको सुरुवात गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिए ।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू