मुक्तिनाथ विकास बैंकद्वारा चमेली तामाङलाई राहत

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ वर्षीया सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

चमेलीको श्रीमान सुस्त मनस्थितिका छन् । उनको साथमा २ वर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् । ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।

उक्त सामग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरो हुन् । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्