सुनको मूल्य तोलामा आठ सय घट्यो

काठमाडौँ–सुनको मूल्य घट्ने क्रम जारी छ । साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइएको छापावाला सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आठ सय रुपैयाँले घटेर ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० मा कारोबार भइरहेको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्