साहित्यकार शर्मा र गीतकार ढुंगेललाई बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार प्रदान

काठमाडौँ – नेपाली साहित्यमा योगदान र्पुयाउने विभिन्न विधाका स्रष्टाहरुलाई हरेक वर्ष प्रदान गरिँदै आएको बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार हस्तान्तरण गरिएको छ ।

पुरस्कार गुठीले सोमबार विशेष कार्यक्रम गरेर वरिष्ठ साहित्यकार मुकुन्द शर्मालाई बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार प्रदान गरेको हो । सो पुरस्कार २५ हजार राशीको छ ।

यस्तै २१ हजार राशीको बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार यस वर्ष वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेललाई प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पुरस्कार प्रदान गरेका हुन् ।

यसैगरी १७ हजार राशीको बाबा ओमवीरसिंह बस्न्यात विशेष सम्मान साहित्यकार बी. के. पाल्पाली तथा १५ हजार राशीको बाबा ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कार साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको हो ।

सबै स्रष्टालाई पुस २८ गते काठमाडौँमा विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्