नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा प्रस्तावित

काठमाडौँ – भारत सरकारले विनय मोहन क्वात्रालाई नेपालका लागि राजदूत प्रस्तावित गरेको छ । उनको नाम नेपाल सरकारले स्वीकृत गरेपछि विधिवत नियुक्ति हुनेछ ।

सन् १९८८ ब्याचका विदेश सेवाका अधिकृत क्वात्रा हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका छन् ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को निर्देशकको रुपमा सन् २००६ देखि २०१० सम्म काठमाडौँमा बिताएका थिए ।

क्वात्राले भारतको विदेश मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुसन्धान शाखाको प्रमुखका रुपमा पनि काम गरेका थिए ।

क्वात्राले सन् २००३ देखि २००६ सम्म चीनमा रहेको भारतीय दूतावासमा कान्सुलर तथा त्यसपछि डेपुटी चिफ अफ मिसनका रुपमा पनि काम गरेका थिए ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्