कामना सेवा विकास बैँक र ओम्नी मोटर्स बीच सम्झौता

काठमाडौँ —कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रालिका निर्देशक उदयन काब्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ओम्नी मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा भारतबेन्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्