प्रहरी प्रशासनकै मिलोमतोमा अवैध उत्खननः मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रहरी प्रशासनकै आडमा अवैध उत्खनन, चुरेको दोहन, वन विनास लगायतका काम भइरहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् ।

होटेलमा कार्यक्रम गरेर, ठूला ठूला भाषण गरेर, विदेशीलाई मुलुकमा बोलाएर यहाँको समस्या समाधान नहुने मुख्यमन्त्री राउतले बताए ।

अहिलेको समयमा बालुवा गिट्टी क्रसर धेरै पावरफुल रहेको र यसको प्रमुख कारण नेपाल सरकार नै रहेको आरोप लगाए । उनले भने, ‘कुनै मन्त्रालय यस कार्यलाई रोक्छ भने अर्को मन्त्रालय स्विकृति दिन्छ । गोष्ठी गरेर, पेपर प्रजेन्टेशन गरेर केही हुँदैन ।’

‘बालुवा गिट्टीको उत्खनन रोक्न जाँदा निहत्था बच्चालाई हत्या गरिन्छ । यो हाम्रो लागि दुर्भाग्य हो ।’ मुख्यमन्त्री राउतले भने, ‘के कसैको आडबिना नै उसले हत्या गर्ने हिम्मत राख्छ?’ उनले भने ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्