काठमाडौँ – बुधबार माघेसंक्रान्ति । घ्यू, चाकु, तरुललगायत मीठा मीठा परिकार खाने दिन। माघ १ गते मनाइने माघी अथवा मकर संक्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि छ।

काठमाडौँको असनमा माघे संक्रान्तिका लागि चाकु, तरुललगायत परिकार किन्नेहरुको घुइँचो छ । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: