चीनसँगको सीमानामा शसस्त्र प्रहरीको पहिलो बोर्डर आउट पोस्ट संखुवासभामा

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका- १ स्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोडर आउट पोस्ट (बिओपी)स्थापना भएको छ । नेपालको उत्तरी सिमानामा सशस्त्र प्रहरी बल-एपीएफको यो पहिलो बिओपी हो ।

मंगलबार पुर्ब क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापा र संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले संयुक्त रुपमा सो बिओपिको उद्घाटन गरेका हुन् ।

बीओपी स्थापनाको लागी सोमबार पुर्ब क्षेत्र बाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलि नेपाली सेनाको हेलि मार्फत किमाथांका लगिएको थियो । स्थानिय व्यक्तीको २ वटा २ तले घर भाडामा लिएर सो बिओपी स्थापना गरिएको बताइएको छ ।

सो स्थान सदरमुकाम खाँदबारीबाट ११० किमि टाढा र नेपाल- चिन सिमाबाट १ किमि नजिक छ। योसँगै सशस्त्र प्रहरीको बिओपी संख्या ११२ पुगेको छ र अन्य थप स्थानमा समेत बिओपी स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ ।

केहि दिन अघि नेपाल सरकारले सशस्त्र प्रहरि बलको १ सय १४ नयाँ बिओपी स्थापना गर्ने योजना अनुसार नै यि बिओपी स्थापना भएका हुन्।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्