भारत २५५ रनमा अलआउट, धवनले मात्र अर्धसतक बनाए

मुम्बई : भारत भ्रमणमा रहेको अस्ट्रेलियाले एकदिवशीय क्रिकेट शृंखलाको पहिलो खेलमा २ सय ५६ रनको लक्ष्य पाएको छ। पहिला ब्याटिङ गरेको भारतले ४९ ओभर एक बलमा सबै विकेट गुमाएर २ सय ५५ रन जोड्यो।

भारतका शिखर धवनले सर्वाधिक ७४ रन बनाए। केएल राहुलले ४७, रिसभ पन्तले २८ र रविन्द्र जडेजाले २५ रन बनाए। कप्तान विराट कोहलीले १६, रोहित शर्माले १० र श्रेयस अयरले ४ रन जोडे। अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा केन रिचार्डसन र प्याट कुमिन्सले दुई दुई विकेट हात पारे।

एडम जाम्पा र एस्टन एगरले एक एक विकेट हात पारे। १३ रन जोड्दा पहिलो विकेट गुमाएपनि भारतले दोस्रो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेका थिए। अगरले राहुललाई दोस्रो विकेटका रुपमा आउट गरेसँगै भारत दबाबमा आएको थियो।

भारतले छैटौँ विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्