माघ १ गते कुन-कुन प्रदेशमा सार्वजनिक विदा ?

काठमाडौं- माघ १ गते प्रदेश सरकारहरुले सार्वजनकि विदा दिएका छन्। प्रदेश-१ मा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको छ भने प्रदेश २मा पनि त्‍यहाँको सरकारले सार्वजनकि विदा दिने निर्णय गरेको छ।

यस्तै प्रदेश ५ सरकारले आगामी माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।

माघी

थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेशमा आउने माघ १ र २ गते सार्वजनिक विदा दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिएका छन्। गत वर्ष पनि प्रदेश सरकारले दुई नै विदा दिएको थियो।

यस्तै कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्