सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौँ–सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ।

उक्त सम्झौतापत्रमा सानिमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति बीस हजार रुपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको छ।

सानिमा बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मागर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यका साथ बैंकले पाटन अस्पतालसँ सम्झौता गरेको जनाएको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्