मोटरबाट पानी तान्‍ने क्रममा करेन्ट लागि मृत्यु

सांकेतिक तस्बिर

पर्सा-मोटरबाट पानी तान्‍ने क्रममा मंगलबार करेन्ट लागेर एकजनाको ज्यान गएको छ।

करेन्ट लागेर बाराको आदर्श कोतवाल गाउँपालिका वडा-८ कोतवाली टोल बस्‍ने दुखा साह कानुको ज्यान गएको बारा प्रहरीले जनाएको छ।

बिहान आफ्नै बारीमा मोटरबाट पानी तान्ने क्रममा दु:खाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो।

मृतकको शवलाइ पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू